महिला हिंसा घातक अवशेषको रूपमा रहेको छ’

२०७८ फाल्गुन २५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीक केन्द्रिय सदस्य नयनले समाजमा अझै पनि महिला हिंसा घातक अवशेषको रूपमा रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरसहित अन्य पाँच महिला संघको संयुक्त आयोजनामा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनयुद्धले स्थापित गरेको महिला मुक्तिको कार्यदिशालाई विजयको मञ्जिलमा पुर्याउन फेरि एकचोटि आम महिला वर्ग एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द हुँदै सशक्त संघर्षमा उत्रन उनले आह्वान गरेका छन्। त्यस्तै जिल्ला सेक्रटरी वाटरले दलाल संसदीय व्यवस्थाका मतियारहरुले अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामा नेपाल आमाको इज्जत र इमान लिलाम गर्न खोजिरहेको हुनाले निकट भविष्यमा नेपाली चेलीबेटी तथा आम जनतामा आई पर्ने कालो दिन आउन नदिन महिलाहरु संघर्षको अग्रपंक्तिमा आउनुपर्ने बताए।
नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालको सभाध्यक्षता र अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरका सह सचिव शान्ति प्रजाको सञ्चालनमा रहेको कार्यक्रम सके लगत्तै सबै महिला दिदीबहिनीहरु र्यालीमा सहभागी भएका थिए। पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगी अन्त्य भएको हो। र्यालीमा महिला माथि हुने सबै खाले हिंसा बन्द गर, महिला बेचबिखन बन्द गर, समान कामको समान ज्याला लागू गर, सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलाहरु एकजुट होऔं, ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔं, वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रघाती दलालहरु खबरदार, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं भन्ने जस्ता नाराहरू लगाइएका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु