यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभरका यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरेर सर्भरहरुमा विद्युतीय समस्या देखिएको बताउँदै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो । विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा भनिएको छ, ‘विभागका सर्भरहरुमा विद्युतीय समस्य देखिएको र सो समस्या समाधान गर्न आज अपरान्ह ५ः०० बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवाहरु अवरुद्ध हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’
योसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीलगायतका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ । त्यसोत, यस अगाडि नै विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ ।
