५ दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिशण सम्पन्न

काठमाडौँ । जनपत्रकार संगठन, नेपाल १ नम्बर प्रदेश समितिले आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण मोरङमा सम्पन्न भएको छ । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ भन्ने मुल नाराका साथ शनिवारदेखि सुरू भएको तालिममा संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले प्रमूख प्रशिक्षकको भुमिकामा थिए । समापन समारोहमा समग्र कार्यक्रमको समीक्षा गर्दै विश्वकर्माले देशमा पत्रकारिता क्षेत्रमा बड्दै गएको विकृति र विसङ्गतिको जनस्तरबाट समाज सेवा र मिसन पत्रकारिता गर्न प्रशिक्षार्थीलाई शुभकामना दिदै माहासंघमा भईरहेको विकृतिको विरोधमा आन्दोलन जान सक्ने जनशक्ति उत्पादन भएको बताए ।
पार्टीको भावि रणनीति एकीकृत जनक्रान्ती हो, श्रमको विशिष्ठिकरण, उत्पादकत्व वृद्दि पत्रकारितामा पनि लागू हुन्छ त्यसैले दलाल पूजीवादको दलदल चिर्दै आफ्नो क्षेत्रमा विशेष ध्यानदिन आग्रह गरे ।
नयाँ जोस जाँगर लिएर पत्रकारिता क्षेत्रमा प्रबेश गरेका आफ्नो क्षेत्रमा गई पेशागत रूपमा लाग्नेमा आफू विश्वथ रहेको बताए । नव प्रवेशी पत्रकारको व्यवस्थापनको लागि केन्द्रले छलफल गर्दै व्यवस्थापन गर्ने बताए । तर त्यसमा आफू सक्षम बन्न पर्ने, समय सापेक्ष र सर्वाहारा बर्गको हकहित र अधिकारको रक्षार्थ ससक्त रूपमा पत्रकारितामा लाग्न उनले सुझाव दिए । बिश्वकर्माले विभिन्न सूचकका आधारमा प्रशिक्षण कार्यक्रम 98.2 प्रतिशत सफल भएको बताएका थिए ।
जनपत्रकार केन्द्रीय सदस्य तथा प्रदेश १ संयोजक आलोकले दलाल संसदवादी राज्य व्यवस्था परिवर्तन र एकीकृत जनक्रान्तिको निम्ति सत्यतथ्य सूचनाको लागि स -साना कुराबाट सुरू गरि गलत प्रमाण पहिल्याउनु पर्ने बताए ।
तालिमा जनपत्रकार संगठन नेपलका केन्दीय सदस्य शोभराज बरालले प्रशिक्षणको क्रममा समाचार लेखन सीप महत्वपूर्ण रहेको र याे विषय अभ्यासबाट खारिने भएकाले अभ्यासमा ध्यान दिन सुझाव दिए ।
प्रदेश नं. १ र प्रदेश नं. २ का जनपत्रकार संगठन नेपलमा आवद्व पत्रकाहरूको सहभागी रहेको थियो । ५ दिनसम्म भएको तालिम मोरङको सुन्दरहरैचामा भएको थियो ।
जनपत्रकार संगठन नेपलको केन्द्रीय सदस्य सर्गम श्रेष्ठ सुमनले संचालन गरेको कार्यक्रममा जनवत्रकार संगठन नेपालका केन्द्रीय सदस्य प्रविन अधिकारी ,नेकपा मोरङ जिल्ला सेक्रेटरी नरेस र पाचथरका सेक्रेटरी सन्तोष उपस्थित थिए । – तेजकुमार बराईली