जनपत्रकार संगठन १ नं प्रदेशद्वारा पत्रकार महासंघ प्रदेश समितिलाई ज्ञापनपत्र

काठमाडौँ । जनपत्रकार संगठन प्रदेश नं १ समितिलेले नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई ज्ञापनपत्र बुझाएको छ । बिभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।जनपत्रकार संगठन नेपाल प्रदेश नं १ समितिका अध्यक्ष आलोक लिम्बूकाे नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष लिला बल्लव घिमिरेलाई कार्या लयमा पुगि ज्ञापनपत्र बुझाएको छ । सम्पूर्ण पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउँन भन्दै संगठनले ज्ञापनपत्र बुझाएको संयाेजक लिम्बुले बताए ।ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुन स्स्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरीएको छ । ‘हामीले सदस्यहरुको सुद्धिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरेका छौँ ।’ संयाेजक लिम्बूले भने, ‘पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस भन्ने माग गरेका छौँ ।’
माहासघंको सदस्यता विषयमा माहासघं अध्यक्ष लिला बल्लब घिमिरेले माहासघंको सदस्यताको विषय जटिल रहेको र व्यावस्थित गर्न हाम्रो माहासघं क्रियाशिल रहेको बताए । जनपत्रकार सगठनको माग जायज रहेको बताए । पत्रकारका साझा समस्या र सहभागिता हुने बिश्वास दिलाए । माहासघंको आर्थिक कारोवार चुस्तदुरूस्त बनाउन वेभसाइड मार्फत सार्वननिक हने बताए ।
