भ्रष्टाचारमुक्त र जनउत्तरदायी न्यायपालिका बनाउन उम्मेदवारी – ढुंगाना

२०७८ चैत्र १४ गते, सोमबार


काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अधिवक्ता कान्तिराम ढुंगानाले भ्रष्टाचारमुक्त र जनउत्तरदायी न्यायपालिका बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन्। ढुंगानाले भ्रष्टाचारमुक्त, सक्षम र जनउत्तरदायी न्यायपालिका, पेशागत हक हितका लागि प्रतिबद्ध बार न्यायपालिकाको शुद्धिकरण अभियानलाई थप सक्रिय बनाउन भन्दै आफूले उम्मेदवारी दिएको र आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन् ।


कानुन व्यवसायमा सक्रिय ढुंगानाले यसअघि ललितपुर बारको सदस्य रही काम गरिसकेका छन् । वाणिज्यशास्त्र र अन्तराष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका ढुंगानाले कुनैपनि समूह र प्यानलमा आवद्ध नभई उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल बार एशोसिएशनको निर्वाचन आगामी चैत्र १९ हुदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु