नेकपा मकवानपुरको २० औं पूर्ण बैठक सम्पन्न

२०७८ चैत्र २७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको २० औं पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ। पछिल्लो समय समाजमा खड्किएको विविध समस्याको समाधान गर्दै पर्टिलाई लक्षित गन्तव्य तर्फ गतिवान बनाउने उद्देश्यले बैठक बसेको हो । बैठक हेटौंडा-१, जरुवाटोल स्थित आफ्नै पार्टी कार्यलयमा बसेको हो। जिल्ला सेक्रेटरी वाटरको अध्यक्षता रहेको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा सम्पुर्ण जिल्ला समिती सदस्यहरुले रिपोर्ट सँगै सुझाव सहित आआफ्नो बिचार प्रस्तुत गरेका छन् । सबैको बिचार प्रायः आउँदै गरेको स्थानिय तहको चुनाव केन्द्रित नै रहेको छ । संसदीय व्यवस्था भित्रको जुनसुकै चरित्रको चुनावले देश र जनताको निकास गर्न सकिँदैन भन्नेमा सबैको एकमत रहेको छ ।
रिपोर्टिङको क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै बैठकका प्रमुख अतिथी नयनले यात्रामा खराब र अफ्ठ्यारा बाटाहरु आए भन्दैमा आत्तिहाल्न नहुने बताएका छन् । हाम्रो पार्टी र चुनावी सन्दर्भलाई लिएर बाहिर जुन किसिमको हल्ला मच्चिरहेको छ, त्यो एउटा स्वभाविक हल्ला मात्र भएकोले त्यस विषयलाई लिएर अन्यौल नहुन सबैमा आग्रह गरेका छन् । कार्यनीतिको आधारमा बाहिर देखेजस्तो र सुनेजस्तो भित्र नहुने भएकाले पार्टीको रणनीतिक दृष्टिकोणमा स्पष्ट भइ अगि बढ्न ढाडस दिएका छन् ।
मुख्यतः जिल्ला समितिको २० औं पूर्ण बैठकले राष्ट्र र राष्ट्रियताको विषयमा अझ गम्भीर भइ जनताको स्तरबट पार्टीले आवस्यक कदम चाल्ने निर्णय लिएको छ । त्यस्तै मुठ्ठीभर दलाल, भ्रष्टाचार जन्माउने यो संसदीय व्यवस्थाको कुनै पनि चरित्र र तहको चुनावी गोलचक्करमा अल्झेर नबसी हिजोका दिनमा क्रान्तिका लागि भएको योगदान, सहिदको बलिदान र जनताको नवाशा सहितको साथ र सहयोगको उच्च कदर गर्दै लक्षित गन्तव्य सम्म पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशा पकट्दै अगि बढ्ने निर्णय पनि बैठकले लिएको छ ।
यसरी समसामयिक विषयमा केन्द्रित रहेर बसेको नेकपा मकवानपुर जिल्ला समितिको २० औं पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण निर्णयका साथ समापन भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु