यौन दुर्व्यवहार गर्ने चौलागाईंलाई कालोमोसो !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी)बागमती प्रदेश छात्रा बिभागले कलेजमा अध्ययनरत छात्राहरुमाथी यौन दुर्व्यवहार गर्ने नकुल चौलागाईंलाई कालोमोसो दलेर गरेको जनाएको छ। छात्रा बिभागले सोमबार काभ्रे जिल्ला निवासी नकुल चौलागाईंलाई काठमाडौंको बागबजारमा कालोमोसो दलेर सांकेतिक कार्वाही गरेको जनाएको छ।
अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभाग संयोजक तारा संज्यालले प्रेस बिज्ञप्ति जारी गर्दै काभ्रे जिल्ला निवासी नकुल चौलागाईंले आफ्नो संगठन र कलेजका छात्राहरुमाथी अमर्यादित व्यवहार गरेको,मानसिक तनाब दिएको,म्यासेनजरमा अश्लील विषयबस्तुहरु पठाएको र बिगत लामो समयदेखि छानबिनको लागि सम्पर्कमा ल्याउन खोज्दा निरन्तर भागिरहेको लगाएयका अपराधिक गतिविधि गरेको संगठनमा सप्रमाण उजुरी आएपछी निज नकुल चौलागाईंमाथी सांकेतिक कारवाही गरेको जनाएकी छिन । उनले छात्राहरुमाथी कुनैपनी खाले यौन हिंसा र दुर्व्यवहार भएको खण्डमा संगठनको छात्रा बिभागलाइ सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन ।
यस बिषयमा अखिल(क्रान्तिकारी) बागमती प्रदेश छात्रा बिभागको संयोजक तारा संज्यालद्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो संगठन विद्यार्थीहरुका शैक्षिक, मनोवैज्ञानिक एवं सामाजिक विकास तथा छात्राहरु माथिका विभेद, यौन हिंसा, मानसिक दबाब जस्ता गलत गतिविधिका विरुद्ध निरन्तर आवाज उठाउँदै आइरहेको छ । यसै सन्दर्भमा काभ्रे जिल्लाका नकुल चौलागाई भन्ने व्यक्तिले विगत लामो समय देखी हाम्रो संगठन र कलेजहरुका छात्राहरुमाथी अमर्यादित व्यवहार गरेको, मानसिक तनाव दिएको, म्यासेन्जरमा अश्लिन विषयवस्तुहरु पठाएको र विगत लामो समयदेखि छानविनको लागी सम्पर्कमा ल्याउन खोज्दा निरन्तर भागिरहेको लगायतका आपराधिक गतिविधिहरु
गरेको हाम्रो संगठनमा सप्रमाण उजुरी आएपछि अखिल (क्रान्तिकारी) वाग्मती प्रदेश छात्रा विभागले निज नकुल चौलागाई माथी सांकेतिक कारवाही गरेको जानकारी गराउदँछौँ । साथै छात्राहरु माथी कुनै पनि खाले यौन हिंशा र दुर्व्यवहार भएको खण्डमा हाम्रो संगठनको छात्रा विभागलाई सम्पर्क गर्नुहोला । “
