कमल पराजुलीद्वारा दमक नगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाडौं। दमक नगरपालिकाको मेयर पदमा कमल पराजुलीले स्वतन्त्र जनपक्षीय उम्मेदवारी दिने घोषणा गरेका छन। उनले दमकका जग्गा दलाल र जनप्रतिनिधि सुकुमबासिका घरहरुमा डोजर लगाउंदै गर्दा त्यसको प्रतिरोधमा जीवन दाउमा लगाएर बम बोक्दै , मुद्धा झेल्दै संघर्षमा उत्रिएको दावी गर्दै आफ्नो बिजयसंगै दमकको श्रोत साधन र मानव श्रमलाई एकाकार गरेर, सबै इमानदार दमकबासी बुद्धिजिवी, युवा , सचेत तप्काको सल्लाह लिंदै दमकलाई सांच्चिकै उन्नत, समृद्ध, शान्त, अनुसासित, श्रमशिल, उत्पादनमुखी, बिकासशिल बनाउने प्रतिबद्धता समेत गरेका छन ।
उनले सामाजिक संजाल फेसबुकमार्फत दमक नगरपालिकाको मेयर पदमा स्वतन्त्र जनपक्षीय उम्मेदवारी दिने सार्वजनिक रुपमा गरेको घोषणामा भनेका छन –
“-दमक नगरपालिकामा जनताहरुमाथी अहिलेका संसदवादी दलालहरुले जनप्रतिनिधिको नाममा दमकका जनतामाथी दमन, शोषण र अत्याचार लादिरहंदा हामी त्यसको प्रतिरोध गर्दै थियौं ।

  • दमकका जनप्रतिनिधि भनिने साथिहरु भ्रष्टाचार, तस्करी, कालोबजारी गर्दै गर्दा हामी जनताको बिचमा बसेर त्यसको भण्डाफोर गर्दै थियौं ।
  • दमकका जग्गा दलाल र जनप्रतिनिधि सुकुमबासिका घरहरुमा डोजर लगाउंदै गर्दा हामि त्यसको प्रतिरोधमा जीवन दाउमा लगाएर बम बोक्दै थियौं, मुद्धा झेल्दै थियौं ।
  • दमकको बिकास निर्माणमा घोटाला हुंदा हामी त्यसको बिरोधमा थियौं, उनिहरु संग कुनै न कुनै तरिकाले लड्दै थियौं ।
  • दमकका युवा, बिद्यार्थीको उपेक्षा दमकका जनप्रतिनिधिले गर्दा हामी हरेक समय युवा बिद्यार्थीको माझमा जागरण आन्दोलन चलाईरहेका थियौं ।
  • दमकको कुनै वार्ड छैन हामी जनताको बिचमा नबसेको, कुनै जनता छैनन हाम्रो कुरा नसुनेको, कुनै उत्पिडित-मजदुर, किसान, ब्यवशायी, जाती समुदाय छैन हामिलाई माया नगर्ने ।
  • चिल्ला गाडी, पैसाको बिटो, मोजमस्ती गरेर जनतालाई भ्रम छर्दै, जनतालाई लुट्दै हिड्ने जनप्रतिनिधि नामका संसदवादीहरुको बिचमा जनता र देशको तर्फबाट हामी युवा जहिलै बिद्रोह गर्न तयार छौं ।
  • यो मेरो स्वतन्त्र उम्मेदवारी दमकका जनबिरोधी तत्व, रास्ट्रघात गर्ने तत्व, पैसाको बलमा आफ्ना कुत्सित स्वार्थ लाद्ने तत्व, भ्रस्ट अनुहार, गुण्डागर्दी, अबैध धन असुली बिरुद्ध हो ।
  • म दमकका सचेत देशभक्त, प्रगतिशिल जनताको तर्फबाट, युवा, बिद्यार्थीको तर्फबाट, उत्पिडित जनताको तर्फबाट, सुकुमबासिको तर्फबाट, मजदुरको तर्फवाटको उम्मेदवार हुं ।
  • यो कुनै मजाकको विषय होइन हामी दमकबासीले गम्भिरता पुर्वक सोच्नु पर्ने स्थिती अगाडि छ । मासुभात र दलालका भ्रममा आफ्नो बिबेक र चेतनालाई लिलाम गर्ने कि दमकको भविस्य प्रती चिन्तित हुने ? प्रश्न छ ।
  • म सबैलाई बिश्वस्त गरांउछु कि, स्वतन्त्र तर्फको मेरो उम्मेदवारीको बिजय संगै म दमकको श्रोत साधन र मानव श्रमलाई एकाकार गरेर, सबै इमानदार दमकबासी बुद्धिजिवी, युवा , सचेत तप्काको सल्लाह लिंदै दमकलाई सांच्चिकै उन्नत, समृद्ध, शान्त, अनुसासित, श्रमशिल, उत्पादनमुखी, बिकासशिल बनाउने छु – म अर्काको पसलमा मजदुरी गर्ने , आफ्नो श्रम र शिपले दुई छाक खाईरहेको साधारण परिवारको ब्यक्ती हुं । तर, म संग दमकलाई उन्नत बनाउने योजना र द्रीस्टिकोण छ । मलाई अत्याधिक मत दिएर बिजयी गराउनु होला ।
  • मलाई बिश्वास छ हामी दमकबासिको चेतना र बिबेक कुनै रास्ट्रघाती, जनघाती दलालको बन्दक बन्ने छैन । हामी हाम्रो बिबेकलाई भरपुर प्रयोग गर्दै बिजयी हुनेछौं । “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार