लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक अमर तथा अद्वित्तिय व्यक्तित्व

२०७९ बैशाख ९ गते, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक अमर तथा अद्वित्तिय व्यक्तित्व भएको बताउदै लेनिनलाई वैज्ञानिक समाजवादी राज्यव्यस्थाका निर्माणकर्ता तथा संगठनकर्तनका रुपमा समेत स्मरण गर्दै सम्मान प्रकट गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो सम्मान प्रकट गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “ आज २२ अप्रिल । आजको दिन एक ऐतिहासिक दिन हो , किनभने आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ का दिन सर्वहारा वर्गका महान् नेता , लेनिनवमदका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता एवम् विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्रका प्रेरणाका श्रोत ललभ्लादीमिर इल्यीच लेनिनको रुसको भोल्गा नदीको किनारमा रहेको सिम्विस्रक शहर र हालको रुसको उल्यानोभ्स्क शहरमा जन्म भएको थियो ।
महान् लेनिनको जन्म दिनलाई विश्वरभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि महान् लेनिनको यस जन्म दिनलाई एक ऐतिहासिक एवम् एक युगान्तकारी दिनको रुपमा लिएको छ । किनभने लेनिनले माक्र्सवादका तीनवटै संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका ठूलो योगदान पुर्याउनु भई माक्र्सवादको ज्ञान- भण्डारलाई समृद्धिशाली बनाउन अतुलनीय योगदान समेत पुर्याउनु भएको छ ।
साथै लेनिनले आफ्नै नेतृत्वमा सन १९१७ अक्टोवर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ ) दिन सम्पन्न गरेर रुसी भूमिमा पहिलोपटक माक्र्सवादको सफल प्रयोग गर्नुभएको थियो , जसका कारण महान् लेनिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कै एक अमर तथा अद्वित्तिय व्यक्तितब हुनुहुन्छ ।
यस ऐतिहासिक दिनमा संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले महान् लेनिनलाई वैज्ञानिक समाजवादी राज्यव्यस्थाका निर्माणकर्ता तथा संगठनकर्तनका रुपमा समेत स्मरण गर्दै सम्मान प्रकट गर्न चाहन्छ ।
आज विश्वभरका सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित राष्ट्र र जातिहरु र सारा संसारका कम्युनिस्ट क्रान्तिकारीहरुले महान् लेनिनको १५३ आौं जन्मजयन्ति बढो धुमधामका साथ मनाउन गइरहेका छन् । हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले त्यसप्रति ऐक्यबद्धता जाहेर गर्दै महान् लेनिनप्रति सम्मान प्रकट गर्दै सलामी चढाउँछौं ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार