मेलम्चीको पानी वितरण गरिंदै

२०७९ बैशाख ११ गते, आईतवार


काठमाडौं । मेलम्चीको पानी आज आइतबारदेखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्फत ल्याइएको पानी आइतबारदेखि काठमाडौंका घर घरमा पुर्‍याउने तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गरेको छ ।
गतवर्ष चैत २९ गते पहिलो पटक पानी वितरण गरिएकोमा असार पहिलो साता आएको बाढीले आयोजना क्षतविक्षत बनाएको थियो । बाँधस्थलमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले अहिले केही बेरमा नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानी वितरणको निकास खुला गरेपछि पानी वितरण सुरू हुनेछ । केयुकेएले दैनिक १७ करोड लिटर पानी वितरण गरिने जनाएको छ । बाँधस्थलमा अस्थायी संरचना बनाइएकाले असार लाग्दा नलाग्दै पानी ल्याउन बन्द गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार