नेकपाको समर्थनमा ईलामका ५ पालिकामा उम्मेदवारी

काठमाडौं । ईलाम जिल्लाको ५ ओटा पालिकामा नेपाल कम्युनिस्ट पार्टिको पुर्ण समर्थनमा विभिन्न पदमा उम्मेदवारी परेको छ । हिजो एक साथ मनोनयन दर्ता गराएका ईलामका उम्मेदवारहरुको बिबरण यस प्रकार छ :
ईलाम नगरपालिका मेयर- फडिन्द्र न्यौपाने, उपमेयर- डाक प्रसाद गौतम, देउमाई नगरपालिका मेयर- मोहन बराल, माई जोगमाई गांउपालिका प्रमुख- बेनुप बिक्रम तामाङ्ग , सन्दकपुर गांउपालिका प्रमुख- खड्ग राई, वार्ड १ वार्ड अध्यक्ष- नन्द कुमार राई, चुला चुली गांउपालिका प्रमुख- गणेश बहादुर पौडेल, वार्ड न. ५ अधक्ष- डम्बर बहादुर चौहान, माई नगरपालिका वार्ड नम्बर ५ अध्यक्ष- छबि आचार्य ।
उनिहरुलाई पार्टिले नै निर्वाचनमा स्वतन्त्र रुपमा उठाएको हुनाले आफ्नो पार्टिको पुर्ण समर्थन रहेको जिल्ला सचिब मैसमले बताए । उनले भने भोट कति आउँछ, जितिन्छ हारिन्छ त्यो संग हामिलाई खासै सरोकार छैन- जितियो भने केहि सुधारको काम संसदबादीले भन्दा राम्रो गरि पक्कै गरिहाल्छौं । हारिएछ भने यो संगठन निर्माणको आधार हुने, एमसिसी, भ्रष्टाचार बिरुद्धको ध्रुबिकरण हुने निश्चित छ । उनले थपे यो एकातिर चौतर्फी सिकार हो ।
उनका अनुसार यो कार्यनितिको प्रयोग कसरी गर्ने होला हामी अन्यौलमा थियौं, हामीलाई निक्कै अप्ठ्यारो लागेको थियो तर यंहासम्म आंउदा नै हामी त सफल भएको जस्तो अनुभूति भैरहेको छ । उनका अनुसार निर्वाचन प्रयोगमा जाने बित्तिकै जिल्लाका विभिन्न ब्यक्तित्व, स्वतन्त्र नागरिक, पार्टिका समर्थक, शुभचिन्त , व्यापारी, पत्रकार, बुद्धिजिवी, कर्मचारी, सुरक्षाकर्मी सबै तिर हाम्रो प्रतक्ष प्रभाव गैरहेको छ । हामीलाई मुद्धा जनतामा लान धेरै सजिलो भएको छ उनले भने ।
उनले यो निर्वाचनमा आफ्नो बिबेक र चेतनालाई कोहि दलालको प्रभाव र प्रलोभनमा नपारी स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न अपिल समेत गरेका छन ।