सगरमाथासहित चार हिमालको फोहोर संकलन कार्य सुरु

२०७९ बैशाख १३ गते, मंगलवार


काठमाडौं । नेपाली सेनाको नेतृत्वमा गएको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि फोहोर संकलनको काम थालेको छ । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका लागि नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान– २०२२’ को टोली आ–आफ्नो आधार शिविरमा पुगेर काम सुरु गरेको हो ।
सगरमाथा र ल्होत्सेमा खटिएको टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविर पुगेका थिए । बेस क्याम्प पुगेपछि ती टोलीले फोहोर संकलन कार्य सुरु गरेका छन । स्थानीय सरकार र सरोकारवाला संघ संस्थासँगको समन्वयमा जेठ २२ गतेसम्म फाेहोर संकलन अभियान सञ्चालन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार