आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ बैशाख १८ गते, आईतवार

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । यसपटक १ सय ३३ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।

नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ । नेपालमा यो दिवस मनाउन थालेको लामो समय भईसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन सकेका छैनन् । एक तथ्यांकका अनुसार नेपालमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका झडै ४४ लाख श्रमिकहरु सामाजिक सुरक्षा घेराभन्दा बाहिर छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार