अरुण दासको चुनाव चिन्ह ‘गुलाफको फुल’मा मतदान गर्न अपिल

काठमाडौं । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषा जनकपुर उपमहानगरपालीकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका अरुण दासको चुनाव चिन्ह गुलाफको फुल रहेको बताइएको छ । भ्रष्टाचार , र जनबिरोधी हर्कतका बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उनलाई नेपाल कम्युनिस्ट पार्टीको समर्थन रहेको बताइएको छ।
अरुण दासलाई मतदान गर्दै गरेको अपील यस प्रकार रहेको छ – ‘आदरणीय जनसमुदाय ,आज पुँजिवादी शक्तिहरु बजार कब्जा, क्षेत्र कब्जा गरि आफनो प्रभुत्व कायम गर्ने षडयन्त्र गरिरहेका छन त्यसको प्रत्यक्ष मार अविकसित या आर्थिक – राजनैतिक मामिलामा परनिर्भर देशहरूमा पर्न थालेको छ । एउटाले आफनो पक्षमा लिने र अर्कोले हस्तक्षेप गर्ने, एउटाले हस्तक्षेप गर्ने र अर्कोले प्रयोग गर्ने जस्ता अतिक्रमणकारी लुछाचुडीले कमजोर देशहरूको अस्तित्वलाई नै खतरामा पारीदिने या साम्राज्यवादी शक्तिहरुको बल दाँज्ने खेल मैदानमा हाम्रो देश परिणत हुने चुनौती देखिएको छ । यति वेला युक्रेनले भोगी रहेको समस्या यहि नै हो ।
MCC राष्ट्रघाती सम्झौता देशको स्वाधीनता एवं सार्वभौमिकता विरुद्ध छ भन्ने वुझदा वुझ्दै फाल्गुन १५ गते संसद वाट पास गरेर दलाल पुँजिवादी सत्ता एवं संसदीय व्यवस्था खुलेआम राष्ट्र घात गर्ने ठाउँमा पुगेका छन ।
संसदीय व्यवस्था जनता को व्यवस्था होइन र यसले देशको नेतृत्व लिन सक्दैन भन्ने दुई तिहाईको एकमना सरकारले पनि प्रष्ट भएको र सैद्धान्तिक मान्यतामा सिमित नरहेर राष्ट्रघाती व्यवहारद्वारा सवै नागरिकले वुझन सकने गरि पुष्टि भएको छ । सुगौली सन्धिवाट अंग्रेजको अर्धउपनिवेशमा बदलिएको नेपाल सन १९५० को भारतसंग को असमान सन्धिपछि भारतको अर्ध उपनिवेशमा पुग्यो । यो MCC सम्झौताले नेपाललाई अमेरिकी साम्राज्यवाद को नवउपनिवेशमा धकेलिएको छ । यदि यसलाई जनताको वलद्वारा प्रतिरोध गरिएन र रोकिएन भने एक पछि अर्को गर्दै २ १ औ शताब्दीको उपनिवेशमा पुग्ने चुनौती तडकारो छ । नेपाली कांग्रेसले कोशी – गण्डकी महाकाली देखिको राष्ट्रघाती पहिचान लाई MCC राष्ट्रघाती सम्झौता सम्म पुर्याएर देशको बहुमुल्य खनिज पदार्थ जल जडीवुटि लुटिने देखि विदेशी हरुको पुँजिवादी युद्ध को खेल मैदान बनाउने कुचेष्टा गरेका छन । विश्व शक्तिको रुपमा अगाड़ी आएको चिन MCC विरुद्ध वोल्न बाध्य भयो यो विषयलाई गंभिरता पुर्वक नहेर्ने हो भने नेपाली जनतामाथी यूक्रेनी जनताको जस्तै भयावह स्थिति आउन सक्ने प्रबल संभावना देखिन्छ। त्यो भयावह स्थिती आउन नदिन राष्ट्रघाती Mcc पास गर्ने दलहरुको विरुद्ध सम्पुर्ण जनता एकजुट हुन आवश्यक छ ।
स्पष्ट छ कि दलाल पुँजिवादी एवं संसदीय सत्ता र व्यवस्था भित्रका कुनैपनि ईकाई र तहवाट राष्ट्र र जनताका पक्षमा आमुल परिवर्तन गर्न संभव छैन । देशको स्वाधीनता एवं जनताको पुर्ण अधिकारका लागी बैज्ञानिक समाजवादी सत्ता अपरिहार्य छ । परन्तु यो स्थानीय चुनावले राष्ट्र र जनताका पक्षमा संघर्ष गर्ने रूपमा चरम भ्रष्टाचार र महंगीले जनता सताइ रहेको स्थितीमा जनतालाई गाउँ गाउँ र शहरवाट आफनो स्तर अनुसार जनताको पक्षमा सहयोग गर्ने निति लिएका छौ । यो पुँजिवादी सत्ताको खराबी एवं घेराबन्दी वारे जनतालाई सुचित गर्ने छन । आफ्नो स्तरमा नाङगो भ्रष्टाचार तस्करी महिला बालबालिका सुकुम्वासी तथा श्रमिक समुदायमाथि हुने भेदभाव उत्पीडन दमनका विरुद्ध लडने छन । महान एकिकृत जनक्रान्ति जनकान्ति जनयुद्ध हरेक मुक्ति संघर्षहरुमा बलिदान गर्ने आदरणिय शहीद तथा वेपत्ता हरुको सम्मान गर्दै उहाहरुको पारिवार घाइते योद्धाको सेवा गर्ने छन । जनताको नाममा जम्मा हुने सम्पुर्ण आर्थिक कोष र योजनाहरुलाई श्रमिक जनता विशेषतः गरीब जनताको हितमा पारदर्शीरूपले प्रयोग गर्नेछ आफनो ठाउँमा शिक्षा स्वास्थ्य सिचाई कृषि उत्पादन उधोग व्यपार यातायात सुचना संचार रोजगारीका क्षेत्रमा जति संभव हुन्छ इमान्दारीपुर्वक जनताको हितमा योजनावद्ध रुपले काम गर्नेछ। श्रमिक जनता र जनताको हितमा उभिनु नै स्वतन्त्र उम्मेदवारको आदर्श हुनेछ ।
नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रिय महासचिव कमरेड विप्लवमाफेत उपस्थित स्वतन्त्र उम्मेदवारले कुनैपनि किसिमको राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा संसदवादी दलहरुका व्यक्ति रुले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरैमात्र देखिएमा आफनो पदलाई निजि स्वार्थका लागी प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफनो समर्थन फिर्ता लिनेछ र जनताको सहयोगमा प्रत्याहवान समेत गर्नेछ तर हामीलाई विश्वास छ वर्ग संघर्ष राजनितिक संघर्ष एवं क्रान्तिकारी आन्दोलनका विचवाट सहभागी बन्नु भएका हाम्रा समर्थक उम्मेदवार हरूले यस्तो काये गर्ने छैन । जति समय त्यहो रहनु हुनेछ देश र जनताप्रति पुर्ण निष्ठा इमान्दारीता एवं उच्च नैतिकताका साथ सामाजीक एवं राजनैतिक रुपान्तरणका पक्षमा काम गर्नु हुनेछ ।
जनकपुर उपमहानगर पालीकाको आर्थिक कोष वेरूजु नबनाउने । पर्यटकीय स्थलको निम्ति सरसफाइ गरि फोहोर व्यवस्थापन गर्ने । सावेजनिक जग्गा जमिन पाटीपौवा गुठी जग्गा अतिक्रमनलाई रोकी सार्वजनिक स्वामीत्वमा राख्ने । सुकुम्वासी गरिब जनताको नमुना बस्तीको व्यवस्थापन गर्ने रोजगारीको व्यवस्था मिलाउने । शिक्षा स्वास्थ्य वैज्ञानिक मुलक जनजागरण अभियान संचालन गर्ने । राज्यद्वारा दोस्रो दर्जाका नागरीक ठानी नागरिकता प्रमाणपत्रमा जन्मसिद्ध नागरिकता प्राप्त छोरा छोरी कोहीले वंशज नागरीकता प्राप्त गरे कोही छोराछोरी वॉकी रहेका छोरा छोरी गैर नागरिक भई जिवन मरण अवस्थामा छन ,त्यसको निम्ति वंशज नागरीकता प्रमाणपत्र प्राप्त होस भनि जोडदार आवाज बुलन्द गर्दै संघर्षको पहल कदमीलाई अगाड़ी बढाउने । कर्मचारी वा रोजगारी गर्नेलाई जनताको सेवा गर्ने सहज वातावरण बनाउने । नगरपालीकाभित्र सरकारी कार्यालय मा हेल्प डेस्कको व्यवस्थापन गर्ने किसानको उत्पादन उपभोकतासग प्रत्यक्ष जोड़ने व्यवस्था मिलाउने कोल्ड स्टोर को व्यवस्थापन गर्ने सवारी साधन पार्किङ व्यवस्था गर्ने । यात्रीको लागी स्वतन्त्र वातावरण बनाउने इत्यादि प्रतिवद्धता साहेतको स्वतन्त्र उम्मेदवारी दिएका छौ । तसर्थ जनकपुर उपमहानगर पालीकाको मेयर / प्रमुख पदमा स्वतन्त्र उम्मेदवार अरुण दासको गुलाफको फुल चुनाव चिन्हमा अत्यधिक मत ले विजयी गराऔ । “