मदन-आश्रित स्मृति दिवस मनाइँदै

२०७९ जेष्ठ ३ गते, मंगलवार

काठमाडाैँ । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उनिहरुको निधन भएको थियो । यसैबीच, मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकामा मतगणना भइरहेकाले फाउण्डेशनले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।
फाउण्डेशन चितवनले दासढुङ्गा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आइरहेको छ । जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको अध्यक्ष डा भट्टराईले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार