‘विनायक दुर्घटनाका घाइतेहरुको उपचारको व्यवस्था गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामले अछामको पञ्च्देवल विनायक नगरपालिकाको वडा नं. ४ मा भएको गाडि दुर्घटनामा परि घाइते भएका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सचिव मिना धामी सरिताले घाइतेहरूको उपचार गर्न स्थानीय सरकारसँग माग गर्दै ज्यान गुमाउने धमाला दाजु भाईहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । आफ्ना बुवाको मृत्यु भएको सम्झनामा पुत्ला दोहन गर्दै परम्परागत रुपमा दाहासंस्कार गर्ने उद्देश्यले पञ्चदेवल बजारदेखि वेल्खेततिर जाँदै गर्दा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र १५ जना घाइते भएका हुन् ।
हाल घाइतेहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल मङ्गलसेनमा भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।