तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

२०७९ जेष्ठ १६ गते, सोमबार

काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् । पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।
आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरे पनि भेट्टाउन सकेको थिएन । जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार