साइकलमैत्री शहर बनाउन र्‍याली

२०७९ जेष्ठ २१ गते, शनिबार


काठमाडौँ । विश्व साइकल तथा वातावरण दिवसको अवसरमा साइकलमैत्री शहर बनाउन दवाव दिन पाटन दरबार ललितपुरदेखि दरबारमार्गसम्म विशाल साइकल र्‍याली गरिएको छ। साइकलमैत्री शहर बनाउन दवाव दिन बिहान साढे ७ बजेदेखि पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल र्‍याली पुलचोक, थापाथली, त्रिपुरेश्वर, सुनधारा हुँदै दरबारमार्गमा पुगेर कोण सभामा परिणत भएको थियो। साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा सम्पन्न भएको साइकल र्‍याली कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, विश्व साइकल यात्री पुष्कर शाह, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ, कलाकार सरोज खनाल, अभियानका संयोजक डा.तारालाल श्रेष्ठलगायत साइकल अभियानकर्मी तथा विभिन्न व्यक्तिहरूले सम्बोधन गरेका थिए ।

यसैबीच, काठमाडौँ, ललितपुर र किर्तिपुरका मेयरहरुले काठमाडौँ उपत्यकालाई साइकलमैत्री शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा भएको साइकल र्‍याली कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उपत्यकालाई साइकल मैत्रीशहर बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका हुन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार