सिथि नखः पर्व मनाइँदै

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौं । आज जेष्ठ शुक्ल पक्ष षष्ठी अथात नेवार समुदायकोे सिथि नखः पर्व । यस पर्वमा विशेषगरि कुमार देवताको पूजा गरिन्छ । ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवता लगायत नगर भित्रका सबै देवीदेवताको पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।
यस दिन देवी देवतालाई मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, मालपुवा चढाउने र आफूले पनि भोजन गर्ने चलन छ । सिथि नखःका दिन नेवार समुदायले पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्ने प्रचलन पनि रहेको छ । हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।
सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा लिइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार