अछामका सिडियो र डिएसपीलाई निलम्बन गर्न माग

२०७९ जेष्ठ २४ गते, मंगलवार


काठमाडौं । अछामका स्थानीय राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनी र डिएसपी रविराज थपलियालाई तकाल निलम्बन गरि कालिकास्थानका १६ वर्सिय युवा विनोद शाहिको हत्याको अनुसन्धान प्रकृयालाई अगाडि बढाउन माग गरेका छन। गत जेष्ठ १७ गते डिएसपी रविराज थपलियासहितको प्रहरी टोली द्वारा राती ११:३०बजे स्थानीय गर्ववती महिला , वृद्ध र केटाकेटी माथी हातपात र खानतलासी गरे लगत्तै वेपत्ता रहेका विनोद शाहिको शव उनको घर नजिकै रहेकोे जङ्गलमा फेला परेपछि घटनामा शङकास्पद व्यक्ति बिरुद्ध आफन्तहरुले किटानी जाहेरी दिदा समेत प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै राजनीतिक दलहरुको सर्वदलीय बैठकले यस्तो माग गरेका हुन् ।नेकापा एमालेका भिमबहादुर बिस्ट, माओवादी केन्द्रका धर्मराज तिमल्सेना , एकीकृत समाजवादीका केशव शाही र नेपाल कम्युनिस्ट पार्टीका सज्जन धामी ‘चट्टान’ ले एक संयुक्त विज्ञप्त्ति जारी गर्दै सिडियो र डिएसपिलाई निलम्बन गरेर हत्याको छानवीन गर्न माग गररेका छन । गतवैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच चुनावको विषयलाई लियर झडप समेत भएको थियो । घटना भएको आज ८ दिन भैसक्दा समेत हत्या गरिएका शाहिको शव आफन्तहरूले बुझेका छैनन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु