बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप

२०७९ जेष्ठ २५ गते, बुधबार


काठमाडौं । काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झडप भएको हो । स्थानीयले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । अहिले बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु ढुंगाुमढामा उत्रिएपछि प्रहरीले बाध्य भएर अश्रु ग्याँस प्रहार गर्नुपरेको छ । सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो तर, स्थानीयले अवरोधसँगै ढुंगामुढामा उत्रिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार