नारायणगढ मुग्लिन सडक अवरुद्ध

२०७९ जेष्ठ २६ गते, बिहीबार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जनाएको छ । पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु