आज निर्जला एकादशी

२०७९ जेष्ठ २७ गते, शुक्रबार

काठमाडौं । आज निर्जला एकादशी । औषधीजन्य गुणले युक्त विरुवा तुलसीको दल राखेर मनाउँने गरिन्छ । जल समेत नखाई ब्रत बस्ने भएकाले यस एकादशीलाई निर्जला एकादशी भनिएको हो । वैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ–आफ्ना घरका मठमा तुलसीको बिऊ छर्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिऊ राख्ने गरिन्छ । शुक्रबार छरेको बिऊबाट उम्रिने विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्मका तुलसीको विशेष पूजा गरिन्छ । उक्त अवधिमा तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार