आज चुरे दिवस : एक लाख बोटबिरुवा रोपिँदै

काठमाडौँ । आज आठौं चुरे दिवस । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ , जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् । दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँकस, अम्रिसोजस्ता प्रजाती र एक करोड रुख, फलफूल प्रजाती रोप्ने लक्ष्य छ ।