सुन्दरी प्रतियोगिताविरुद्ध प्रदर्शन

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीसहित ७ महिला संगठनहरूले महिलाको वस्तुकरण बन्द गराैँ ! कथित सुन्दरी प्रतियोगिता खारेज गराैँ !! भन्ने मूल नाराका साथ सुन्दरी प्रतियोगिताबिरुद्ध प्रदर्शन गरेका छन् । शनिबार भएको उक्त विरोध प्रदर्शन कार्यक्रममा बाेल्ने वक्ताहरूले महिलालाई वस्तु सरह सुन्दरी बनाएर किनबेच गर्ने कथित सुन्दरी प्रतियोगिता खारेज गर्न माग गरे । महिलालाई माल जस्तै साैन्दर्यतामा प्रदर्शन गर्नेतिर होइन क्षमता र श्रममा प्रदर्शन गर्न आग्रह गरे ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दले पुजीवादी व्यवस्थाले महिलालाई वस्तुकरण गरेर व्यवसायिक उद्योग रुपी सुन्दरी प्रतियोगिता खाेज गर्न माग गरिन् । नेतृ चन्दले भनिन्, हिजो सामन्तवादले महिलालाई घुम्ताेभित्र चुलाेमा कैद गर्याे आज दलाल पुजीवादी व्यवस्थाले वस्तुकरण गरेर सडकमा फालिदिएको छ, काेही पनि सुन्दरी प्रतियोगिता प्रक्रियामा सहभागी नबनाैँ, महिलालाई वस्तुकरण गर्ने सुन्दरी प्रतियोगिता खारेज गराैँ, पुजीवादका विरुद्ध स्वाभिमानी जीवन जिउने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न लागाैँ ।´
विरोध प्रदर्शन कार्यक्रममा वैज्ञानिक समाजवादी महिला संगठनका संयाेजक धनकुमारी सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का महासचिव शारदा महत, अनेमसंघका काेषाध्यक्ष रितु केसी, अखिल नेपाल महिला युनियनका सीता सुवेदी लगायतले बाेलेका थिए ।
मिस नेपालको फाइनल भइरहेको ठाउँ ललितपुरको गाेडावरीस्थित रहेको कार्यलय गेट अगाडि नै कथित सुन्दरी प्रतियोगिता खारेज गर, महिलालाई वस्तुकरण बन्द गर, महिला माल होइन मान्छे हो, सुस्मिता रेग्मीलाई न्याय दे लगायतका नारा लगाउँदै महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।