नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा

२०७९ असार ९ गते, बिहीबार


काठमाडौँ । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ्ग, उमेश राज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ्ग, दुर्गा सिंह र किरण राणा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार