अपमानजनक थर सच्याउन माग

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल गण्डकी प्रदेश समन्वय समितिले शुक्रबार अपमानजनक थर सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्मा, केन्द्रीय सचिव उमेश सिके, जिल्ला संयोजक अमृत परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य सोममाया विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।
