नेकपा रुपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारको खेतमा धान रोपाईं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनश्रमदान गरेको छ । सहिद तथा बेपत्ता योद्वा दुर्गा पाण्डे र युवराज पाण्डेको खेतमा धान रोपेर श्रमदान गरेको हो ।जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा जिल्लाका नेता कार्यकर्ता,युवा,विद्यार्थी लगायतको टिमले श्रमदान गरेको हो ।यस अघिका वर्षहरुमा पनि नेकपाले सहिद परिवार र जनताका खेतहरुमा जनश्रमदान गर्दे आएको थियो ।नेपाल कम्युनिस्ट पार्टीको केन्द्रदेखि तल सम्म उत्पादनमा आत्मनिर्भर बन्ने नीति अनुसार नेकपा रुपन्देहीले विभिन्न जातका तरकारीहरु,मकै,अम्बा लगायत उत्पादन गरेको र सैनामैना पर्रोहामा केही दिनमै धान रोप्ने नेकपाका जिल्ला सेक्रेटरी विश्वासले जानकारी दिए ।