चट्याङ लागेर १४ जना घाइते

२०७९ असार २३ गते, बिहीबार


काठमाडौं । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार