अस्पतालको भर्‍याङमुनि बेबारिसे शिशु !

२०७९ असार २४ गते, शुक्रबार


काठमाडौं । भरतपुर अस्पतालको भर्‍याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएका छन् । कपडामा बेरिएको अवस्थामा अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरुले बिहीबार दिउँसो फेला पारेका हुन् । भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिने भर्‍याङमुनि बेबारिसे अवस्थमा नवजात शिशु भेटिएको अस्पतालले पुष्टि गरेको छ । अरु भन्दा अगाडि रहेका पौडेलले कपडा भित्र हातखुट्टा चलेको जस्तो देखे । हत्तपत्त तल झरेर हेर्दा एक नवजात शिशुले हात चलाइरहेको थियो । चिसो भूइँमा राखिएको शिशु रोएको थिएन । यसो काखमा लिएर बच्चा हेरे, तातै थियो बच्चा । हत्तपत्त प्रहरीलाई खबर गरे ।
जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु (छोरी) केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘अस्पतालमा दैनिक ३५ देखि ४० जना महिला सुत्केरी हुन्छन्, अस्पतालभित्रकै कसैले छाड्यो कि बाहिरबाट कसैले ल्याएर छाड्यो केही थाहा हुन सकेको छैन’, सूचना अधिकारी पौडेलले भने – ‘हामीले अस्पताल भित्रका केहीदिन अगाडि सुत्केरी गराएका आमाहरुको तथ्यांक पनि हेरिरहेका छौं ।’
शिशुलाई कसले छोडेको भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । नवजात शिशुलाई अस्पतालको एनआईसीयू कक्षमा राखिएको छ । अस्पतालको एनआईसीयू इन्चार्ज डा. ओमकृष्ण पाठकले शिशुमा केही संक्रमण देखिएकोले परीक्षणका लागि पठाइएको बताए । शिशुको तौल करीव ३ किलोग्राम छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार