युवा संगठन नेपालका उपाध्यक्षसहितका कार्यकर्ता रिहा

२०७९ असार ३२ गते, शनिबार


काठमाडौं । असार १९ गते पार्टी कामको सिलसिलामा कैलालीको टीकापुरबाट गिरफ्तार गरिएका युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क.,नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सदस्यद्वय जयसिहं सुनार र पवन बिष्ट शुक्रबार रिहा भएका छन् । टीकापुरस्थित होटल अन्नपूर्णका सञ्चालक अवकाशप्राप्त असइ खेमराज खत्रीले वेश्यावृत्ति लगायतका काम गराइरहेको जनगुनासो आएपछि अवैधानिक काम नगराउन सम्झाइरहेको नेकपाको टोलीलाई सादा पोशाकका प्रहरीले गिरफ्तार गरि झुट्टा मुद्धा चलाएको थियो । नेकपाको आन्दोलन र चौतर्फी दबाबपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीले धरौटीमा रिहाइ गरेको नेकपा कैलालीका सेक्रेटरी असल शर्माले जानकारी दिए। रिहाइ भएर आएका आफ्ना कार्यकर्तालाई नेकपा र स्थानीयले टीकापुर खडकचोकमा फुलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी शर्माले भ्रष्टाचार, राष्ट्रघात र जनअधिकारका लागि आफ्नो पार्टी संघर्षमा रहेको बताए। सामाजिक विकृत्ति र विसंगति नियन्त्रण गर्न अनुरोध गर्दा सरकारले गिरफ्तार गरेको बताउँदै राज्य दमनमा उत्रिनु खेदजनक भएको उल्लेख गरे। जेलमोर्चा जितेर आएका कार्यकर्तालाई स्वागत गर्दै रिहाइको पहल गर्ने सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.कले आफुहरूको हिरासत बसाई संघर्षपुर्ण रहेको बताउदै हिरासतमा बस्दा युवाहरू लागूऔषध दुर्व्यसनमा फसेको देखेकोले यसको नियन्त्रणमा अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार