अछामको तुर्माखाँद गाउँपालिकामा तालाबन्दी

२०७९ श्रावण २ गते, सोमबार

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकामा अस्थायी करार कर्मचारी हकहित मञ्चबाट अनिश्चितकालिन समयका लागि तालाबन्दी गरिएको छ । तुर्माखाँद गाउँपालिकामा कार्यरत अस्थायी करार कर्मचारीद्वारा आइतबार तुर्माखाँद गाउँकार्यपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । असार ३२ गते राति १०:३० बजेतिर एक्कासि करार म्याद थप नहुने निर्णय आएपछि विगत ५ बर्ष यता दिन रात अहोरात्र खटेर काम गर्दै आइरहेका कर्मचारीद्वारा ताला बन्दी गरिएको बताइएको छ ।
असार २४ गते कार्यालय बाट कार्यसम्पादन मुल्यांकन पेस गर्न लगाईयो, कार्यसम्पादन मुल्यांकनको वास्था नगरी असार राति एक्कासि म्याद थप नहुने निर्णय आउदा सम्पूर्ण अस्थायी करार कर्मचारी अचम्म मा परे , उक्त निर्णयले यति मात्र हैन स्वास्थ्य संस्थाहरुमा नराम्रो असर पर्न गएको छ। वडाहरुमा कार्यरत रहेका स्वास्थ्य संस्थामा अस्थायी करार कर्मचारी भने ३ दर्जन बढी छन् । यहीँ श्रावण १ गते देखि ३ गतेसम्म वडा कार्यालय अन्तर्गत रहेका स्वास्थ्य चौकीमा Covid -19 को सम्पूर्ण खोपहरु लगाईने कुरा थियो, उक्त काम पनि ठप्प भएको छ। यो समस्याले जनमानसमा पर्ने असरको जवाफदेही को हुने भन्ने बहस उठेको छ ।
कर्मचारीलाई नै कार्यालयमा हाजिरी हुन् नदिए पछि स्वास्थ्यका कर्मचारीहरु स्वास्थ्य चौकीहरुमा सेवा दिन गएका छैनन् । स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्र नै बन्द भएपछि आमनागरिकको स्वास्थ्य माथी गम्भीर खेलबाड भएको स्थानीयहरु बताउछन् ।
गाउँपालिका सरकारले आमनागरिकको हित बिपरित गरेको निर्णयका कारण वडा स्तरमा रहेका वर्थिङ् सेन्टरमा अनमी नै नरहने र वर्थिङ सेन्टर नै बन्द रहने समस्या देखिएको छ भने कार्यालयबाट दैनिक रूपमा प्रवाह हुने सेवामा पनि समस्या भएको छ स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मंच तुर्माखाँदका अध्यक्ष हर्कबहादुर बिसीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार