उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने !

२०७९ श्रावण ५ गते, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको हाे । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएकाे छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कम्तिमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाल्न र फोहोर छुट्याएर राख्न समेत आग्रह गरेको छ । करिब ३ महिनादेखि बिग्रिएको सडक फोहोर उठाउने क्रम पुनः अवरुद्ध हुँदा सडक र चोकहरूमा फेरी फोहोर थुप्रिने सम्भावना बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार