जनपत्रकार संगठनद्वारा विधागत प्रशिक्षण शुरु

काठमाडौं । जनपत्रकार संगठन नेपालमा आवद्ध भइ काठमाडौ उपत्यकामा कर्मथलो बनाएर विभिन्न मिडियाहरुमा काम गरिरहेका जनपत्रकारहरुको व्यवसायिक र क्षेत्रगत क्षमता अभिवृद्धि गर्न शनिबारवाट आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण शुरु भएको छ। जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिले काठमाडौको अनामनगरस्थिति सम्बाद चौतारीको हलमा प्रशिक्षणको शुरूवात गरेको हो।
आमसञ्चार माध्यमहरुको संख्यात्मक वृद्धि भएसङ्गै सञ्चार माध्यमहरुलाई मर्यादित र जिम्मेवार बनाउदै जनपक्षीय मिडियाकर्मिलाई अझ बढी दक्ष र योग्य बनाउन आबश्यक रहेको बेला काठमाडौमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घघाटन संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले गरेका थिए।आजबाट शुरु भएको प्रशिक्षण श्रावण महिनाका प्रत्यक शनिवार गरिने र आगामी कक्षाहरुमा समाचार लेखन , अनलाईन पत्रकारिताका सिद्धांत र अभ्यास, नेपालको कानुन र सञ्चार माध्यमहरु, सुचनाको हक सम्बधी कानुनी र संबैधानिक प्रावधान , फोटो पत्रकारिता तथा अन्य पत्रकारिता सम्बन्धि आधारभुत जानकारी गरिने कुरा आयोजक पक्षले जानकारी दिएको छ। महिनाका प्रत्येक शनिबार सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको अध्यक्षता उपत्यका प्रदेश संयोजक शोभराज बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन तथा स्वागत केन्द्रीय सदस्य साहास भट्टले गरेका थिए।