नेकपा चितवन र बाराद्वारा धान राेपाईमा जनश्रमदान

२०७९ श्रावण ८ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनले जिल्लाको भरतपुर महानगर पालिका वडा नं. ९ गौरीगञ्जमा धान रोपाइँ कार्यक्रम गरेको छ । धान रोपाइँमा जिल्ला इन्चार्ज सन्देश पूर्व जिल्ला सचिव मिन प्रसाद, जिल्ला सचिव उत्सव, स्वास्थ्य संगठनका महासचिव प्रकाश चन्द लगायत विभिन्न विभागका केन्द्रिय नेताहरु र स्थानीय जनता पनि सहभागी थिए ।


यसैगरी नेपाल कम्युनिस्ट पार्टी बाराको आयोजनामा निजगड नगरपालिका १२ को राम बहादुर दोङ्गको खेतमा एकदिने जनश्रमदान गरिएको छ । महिनाको एकदिन श्रममा सहभागी हुने निर्णय अनुसार रोपाई कार्यक्रम सम्पन्न भएको छ । पार्टीलाई आत्मनिर्भर बनाउन अनिवार्य श्रमा भाग लिनुपर्ने र जनतालाई अनिवार्य श्रममा भाग लिन प्रेरित गर्ने उदेश्यले जनश्रमदान कार्यक्रम गरेको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिए । श्रमले जनताई आत्मनिर्भर बनाउने र मासुभातमा आफ्नो भोट बेच्न बाध्य हुने सँस्कार खारेज गर्ने, जनतालाई स्वाभलम्बी भई आत्मनिर्णय गर्न सक्ने बनाउन पनि जनतालाई अनिवार्य श्रममा भागलिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समितिका सबै सदस्यहरु र नगर र सेल सदस्य गरि जम्मा ४५ जनाको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार