काठमाडौंको फोहोर उठाउन सुरु

२०७९ श्रावण १२ गते, बिहीबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ । फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो । एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुप्रिएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार