बञ्चरेडाँडाका स्थानीयवासीद्वारा फोहोर फाल्न अवरोध

२०७९ श्रावण १२ गते, बिहीबार


काठमाडौं । बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले जानएको थियो ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको थियो । स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८२ सालमा दुईपटक चन्द्रग्रहण

२०८१ फाल्गुन ३ गते, शनिबार

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि…

२०८१ फाल्गुन ३ गते, शनिबार

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

२०८१ फाल्गुन २ गते, शुक्रबार