श्रमिक समुदाय मोर्चा धनगढीको अध्यक्षमा भुल

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालको धनगढी उपमहानगरको भेलाले लालबहादुर भुलको अध्यक्ष्यतामा २१ सदस्यिय धनगढी उपमहानगर समिति चयन गरेको छ। यसैगरी समितिमा शेरबहादुर पार्की उपाध्यक्ष, मीना सार्की सचीव,काशीराम बि.क कोषाध्यक्ष भएका छन ।
उक्त नगर भेलामा मोर्चाका नेता मधुसूदन राजवंशी बि.क प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा नेपाल कम्युनिष्ट पार्टीका विशेष समिति सदस्य हरिलाल, नगर इन्चार्ज सिताराम, जिल्ला समिति सदस्यहरू मन नेपाली, अनिल एसके, भोजराज बि.क लगायत रहेका थिए। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मधुसूदन राजवंशीले आजको विज्ञान प्रविधिको युगमा पनि श्रमिक समुदायमाथि जातीय विभेद भइरहेको बताउँदै जातीय, क्षेत्रीय भेदभाव तथा सामाजिक रूपान्तरणको लागि एकीकृत जनक्रान्ति आजको वैज्ञानिक कार्यदिशा भएको बताए। वैज्ञानिक समाजवाद स्थापना भए मात्र सबै किसिमका विभेद एवम असमानताको अन्त्य गर्न सकिने उल्लेख गर्दै सम्पूर्ण श्रमिक समुदायलाई एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आव्हान गरे।
उक्त भेला लालबहादुर भुलको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ।