६ रेक्टरको भूकम्प : केन्द्रविन्दु खोटाङ, काठमाडौंसम्म धक्का

काठमाडौं । आज बिहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिए । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए । केन्द्रका बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।
खोटाङ लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ । स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्व्य गर्दा क्षतिको विवरण खासै आइ नपुगेको र टेलिफोन विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्या प्रसाद सेडाईले जानकारी दिए ।
साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपत् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उनले बताए ।