नख्खु कारागारभित्र नाराबाजी !

२०७९ श्रावण २५ गते, बुधबार

काठमाडौं । ललितपुरस्थित नख्खु कारागार कैदी बन्दीहरूको नाराबाजी र प्रदर्शनका कारण अस्तव्यस्त बनेको छ । कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाइके फेर्न माग गरेका छन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गरेको भन्दै उनीहरुले नाराबाजी गर्दा दुई समूहबीच झडप भएको कारागार प्रशासनका एक कर्मचारीले भने । ४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।
कारागार प्रशासनले आन्तरिक छानवीन गर्ने भनेपनि नाराबाजी रोकिएको छैन । उनीहरुले नाइकेलाई सरुवा नगरेसम्म नारावाजी गर्ने जनाएका छन् । कारागारभित्र भने बन्दीहरूका नाइकेले नयाँ बन्दीहरूसँग पैसा असुल्ने, महंगोमा सामान बिक्री गर्ने जस्ता दुःख दिने गरेको भन्दै कैदीबन्दीहरु असन्तुष्ट रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार