अनेम संघ क्रान्तिकारी भक्तपुरको अध्यक्षमा बिन्दु

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुरको जिल्ला भेलाले अध्यक्षमा बिन्दु पाइन, उपाध्यक्ष समिक्षा नेपाली, सचिव सुनिता नेपाली, सह-सचिव मन्जु केसी, कोषाध्यक्ष लीला नेपालीसहित १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज आस्थाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता बिन्दु पाइनले गरेकी थिइन् ।
भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज आस्थाले महिलाहरु घरेलु हिंसा, सामाजिक हिंसा र राज्यद्वारा थोपरिएको असमानता र अन्यायको विरुद्ध लडनु पर्ने आजको आवश्यकता भएको बताइन् ।
उनलेे अंश र वंशको अधिकार प्राप्तिका लागि र दलाल सत्ताका विरुद्ध एकजुट भएर अघि बढ्नु पर्ने भन्दै यसको लागि महिलाहरु आर्थिक, राजनीतिक तथा सामाजिक रूपले सक्षम र आत्मनिर्भर बन्नु पर्ने बताइन् ।
संगठनलाई जुझारु र सशक्त बनाउदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुनु आजको अनिवार्य आवश्यकता भएको बताइन् ।