आठविस नगर समितिकाे प्रथम सम्मेलन सम्पन्न

२०७९ भाद्र ६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ,दैलेख अन्तरगत अाठविस नगर समितिकाे प्रथम सम्मेलनले कुशलकाे नेतृत्वमा १३ सदस्यीय नगर समिति चयन गरेको छ।सम्मेलनका प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी कलम विश्वकर्मा(दिपेन्द्र )ले शेरवहादुर देउवा सरकारले माहासचिव विप्लव ,पार्टी प्रवक्ता प्रकान्डलगायतका नेताहरुकाे ललितपुर अदालतवाट साउन १६गते जारी गरेकाे पक्राउ पुर्जी जनताले खारेज गर्ने कुरा वताए । उनले नेपालका दलाल शासकहरु र अमेरिकी साम्राज्यवादकाे षड्यन्त्रमा देशभक्त शक्ति विरुद्ध जारी गरिएकाे पक्राउ पुर्जी राष्ट्रघाति एमसिसि,एसपिपि ,भ्रष्टाचार ,महङी विरुद्ध सम्पुर्ण देशभक्त हरु एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै यहि भदौ७ गते ४कम्युनिस्ट पार्टीले घाेषणा गरेकाे नेपालवन्दलाई भव्य वनाउन सम्पुर्ण न्यायप्रेमी जनतालाई अनुराेध गरे ।
उनले सँसदीय व्यवस्थाका कारण देश राष्ट्रघात,भस्टाचार ,महङीमा डुबेकाले देश वचाउने एउटै उपाय व्यवस्था परिवर्तन भएकाे कुरा वताउदै सँसदीय पुँजीवादी व्यवस्थाकाे विकल्प वैज्ञानिक समाजवादी व्यवस्था अावश्यक रहेकाे बताए ।
नेकपा दैलेख जिल्ला समिति सदस्य प्रकाश,अखिल( क्रान्तिकारी )केन्द्रीय समिति सदस्य उदय अतिथि रहेकाे सम्मेलनकाे अध्यक्षता विजुलीले र सँञ्चालन तिलकले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार