नेपाल बन्दको पूर्व सन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा देशव्यापी मशाल जुलुस गरेका छन । काठमाडौंमा चावहिल, गङ्गवु बसपार्क, कलंकी, बागबजार लगायतको स्थानहरुमा मशाल जुलुस निकालिएको थियो । त्यसैगरी ललितपुरमा नेपाल कम्युनिस्ट पार्टीले मसालजुलुस निकालेको छ । पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज हितमानको नेतृत्वमा ललितपुरको लगनखेल, सातदोबाटो, हरिसिद्धी लगायतको स्थानहरुमा मशाल जुलुससहित प्रदर्शन गरिएको थियो । यस्तै भक्तपुरको कौशलटारमा चार दलीय मोर्चाले मशाल जुलुस सम्पन्न गरेको छ । भोलिको बन्द सफल पारौ ! ने. क. पा. र सरकार बिच भएको ३ बुँदे सहमति लागु गर ! महासचिव क. विप्लव लगाएत नेता कार्यकर्तामाथि जारी गरेको पक्राउ पुर्जी खारेज गर ! रास्ट्रघाती सम्झौता खारेज गर ! बढ्दो महङ्गी नियन्त्रण गर ! जस्ता नारा लगाइ मशाल जुलुससहित गरिएको थियो ।
यसैबीच दिउँसो भक्तपुर जिल्लाभरी माइकिङ गरि बन्द गर्न सम्पूर्ण भक्तपुरबासी जनसमुदायमा प्रचार प्रसार समेत गरिएको थियो । साथै विभिन्न संघ संस्था, व्यवसायी, विद्यालय, सरकारी कार्यलयहरुमा चार कम्युनिस्ट पार्टीको तर्फबाट चिट्ठी समेत वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको छ । चाैतारा नगरपालिकाकाे सुकुटे बजारमा मशाल जुलुस निकालेको हो । राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक, महङ्गी विरुद्ध र तीन बुँदे सम्झौता विपरीत शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको पक्राउ पुर्जी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो । झुट्टा मुद्धा खारेज, तीन बुँदे सम्झौता कार्यान्वयन, राज बन्दीहरु रिहाई, राष्ट्रघाती एमसीसी, एसपीपी, नागरिकता विधेयक खारेज गर जस्ता नारा लगाइ बजार परिक्रमा गरि काेण सभामा परिणत भएकाे थियाे । काेणसभामा बाेल्दै जिल्ला सचिव युगीनले सरकारले इमानदारीपूर्वक तीन बुँदे कार्यान्वयन गर्नु पर्ने अवस्थामा उल्टै पार्टीको मुख्य नेतृत्व लगायत नेताकार्यकर्तालाई झुठ्ठा मुद्दा लगाइ सहमति विपरीत वारेन्ट जारी गर्नु भनेकाे नेपाली जनतालाई धाेका दिई फेरि देशलाई द्वन्द्वतर्फ धकेल्न खाेजेकाे बताए । देउवा सरकारले सहमति अनुसार पार्टीका नेताकार्यकर्तालाई लगाएकाे मुद्दा तत्काल फिर्ता गर्नु पर्ने राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता खारेज गर्नु पर्ने अन्यथा परिस्थिति विकराल हुने बताए । बन्दकाे पूर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाका विभिन्न ठाउँमा भव्य मसाल जुलुस निकालिएको छ।
नेकपाले जिल्ला सदरमुकाम घोराही अन्तर्गत मुख्य बजार तुलसीपुर चोक, रामपुर बजार, घोराही-तुलसीपुर सडक खण्डको सर्आ र नारायणपुर बजारमा सयौंको संख्यामा भव्य मसाल जुलुस प्रदर्शन गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेका हुन् ।
यसैबीच कञ्चनपुर, कैलाली, बाँके, गोरखा, लम्जुङ, मनाङ्ग, मुस्ताङ्ग, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, म्याग्दी, पर्वत, बाग्लुङ्ग, बारा, चितवन, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, महोत्तरी, सर्लाही रौतहत, धनुषा, सिराहा, सप्तरी, पूर्वको उदयपुर, ओखलढुंगा, सुनसरी, संखुवासभा, सोलुखुम्वु, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, झापा, मोरङ्ग, भोजपुर, खोटाङ, पाँचथर लगायत देशभरी मशाल जुलुस कार्यक्रम भएको जानकारी प्राप्त भएको छ । यस पटकको नेपाल बन्द अझ सशक्त बनाएर जाने तयारी रहेको नेकपाले जनाएको छ।