नेकपा ललितपुर महानगरको नवौ भेला सम्पन्न

२०७९ भाद्र १३ गते, सोमबार


काठमाडौं । ललितपुर महानगरको ऐतिहासिक नवौं भेला महासचिवको निवास हरिसिद्धिमा महानगर सेक्रेटरी महेशराज बज्राचार्यको अधक्ष्यतामा सम्पन्न भएको छ । कैलाशद्धारा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान र विषेश अतिथि केन्द्रीय स्कूलिङ विभाग सदस्य विपिन अतिथिहरु ललितपुर जिल्ला सेक्रेटरी ललित नेवा मुक्ति मोर्चा ललितपुर जिल्ला अधक्ष्य विकेश, मजदुर इन्चार्ज अनुप, गोदावरी नगर सेक्रेटरी मोहन लगायतका थिए । महेश राज बज्रचार्यको नेतृत्वमा २७ जना सदस्य को महानगर कमिटी निर्वाचित भएको जिल्ला सेक्रेटरी ललितले वताए ।
नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले पार्टीको रणनीति, कार्यदिशाको वारेमा प्रशिक्षणात्मक बधाई मन्तब्य दिदै विश्वको रणनैतिक योजनामा नेपालमाथी वैदेशिक हस्तक्षेप वढेकोले नेपालको एकमात्र जनता र राष्ट्रको पार्टी नेकपा माथीको आक्रमण भनेको नेपाल र नेपाली जनतामाथीको आक्रमण हो । यसलाई प्रतिवाद गर्नु वा योजनालाई वदर गराउन सकिएनभने नेपालका संसदवादी दलहरुले नेपाल वेचेको र दास भएको आरोप लगाए । शुभकामना मन्तव्य नेवा केन्द्रीय उपाध्यक्ष रत्न, जिल्ला सेक्रेटरी, ललित, भक्तपुर जिल्ला सेक्रेटरी विजयलगायतका नेता हरुले शुभकामना तथा बधाई मनतव्य राखेका थिए । स्कुलिङ् विभाग केन्द्रीय सदस्य विपिनद्वारा निर्वाचित नगर कमिटीलाई सपथ ग्रहण गराईएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार