नेकपा वाराको सेक्रेटरीमा बिपी लामा

२०७९ भाद्र १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बाराको तेस्रो जिल्ला सम्मेलनले बिपी लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जिल्ला समितिमा प्रत्यक पालिकाबाट १/१ जना र जन वर्गिय संगठनबाट थप ५ गरी २१ जना चयन भएका हुन् ।
अधिवेशनमा जिल्लाका विभिन्न पालिकाबाट १६५ जना प्रतिनिधिहरुको सहभागिता रहेको पूर्व जिल्ला सेक्रेटरी बिक्रम शाहीले जानकारी दिए ।
यसअघि अधिवेशनको उदघाटन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सन्देश पौडेलले दीप प्रज्वलन गरेर उदघाटन गरेका थिए । निजगढ उद्योग बाणिज्य संघको सभा हलमा भएको अधिवेशनको उदघाटन समारोहमा केन्द्रीय सदस्य एंव रौतहट र सर्लाही जिल्ला इञ्चार्ज मिशन, सर्लाही जिल्ला सेक्रेटरी जनक राउत, पर्सा जिल्ला सेक्रेटरी बिनोद काफ्ले, युवा संगठन नेपाल मधेश प्रदेश ईन्चार्ज गोबिन्द चन्द लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहिद परिवारहरुलाई सम्मान समेत गरिएका थिए । सम्मानित हुनेमा सीता देबी पटेल, बिगा चौरासिया, चन्डाल सिंह लगायत रहेको छन् । त्यसैगरी लामो समयसम्म जेल जीवन विताउदै आएका वि.वि. लामा, दिलमहमद अन्सारी लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार