नेकपा ओखलढुंगाको सेक्रेटरीमा दिनेश

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुंगा,उदयपुर ईन्चार्ज तथा कार्यक्रमको प्रमुख अतिथि विबेक कुमालले मैनबति बालेर कार्यक्रम उदघाट्न गरेका थिए। उक्त सम्मेलनले पुन:दिनेश सारुलाई नयाँ नेतृत्व निर्वाचित गर्दै शुक्रबार सम्पन्न भएको छ । दिनेशको नेतृत्वमा १३ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ। नयाँ नेतृत्वलाई नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि विबेक कुमालले बधाई दिदै एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न नयाँ नेतृत्वलाई शुभकामना दिदै उनले दलाल पूँजीवादी सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गरि नेपाल कम्युनिस्ट पार्टी का नेताकार्यकर्तालाई पक्राउ पुर्जि जारि गर्नु राज्यको गैह्रय जिम्मेवारीपन भएको भन्दै आपति जनाएका छ्न ।
उनले सरकारलाई तिन बुदे सहमति कार्यान्वयन गर्न र नेपाल कम्युनिस्ट पार्टीका महासचिव लगाएतका नेताहरू लाई जारि गरेको पक्राउ पुर्जि फिर्ता र बन्दिलाई रिहाई नगरे आफुहरु जतिसुकै बेला पनि राज्यको गलत रबैयाको सामना गर्न पार्टी तयार रहेको चेतावनी दिएका छ्न। उनले सम्मेलनबाट निर्बाचित नयाँ नेतृत्वलाई जस्तो सुकै चुनौति आए पनि एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न सबै जना लाम्बद्र् भएर अगाडि बढ्नको लागि शुभकामना दिदै आफ्नो महत्त्वपूर्ण भनाईहरु राखेका थिए।
-अनिता गजमेर