नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलन शुरु

२०७९ भाद्र १९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्र सुरु भएको छ। आज आइतबार उदयपुरको सदरमुकाम गाईघाटमा सुरु भएको ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन दुई दिन सम्म चल्नेछ। नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ,ओखलढुंगा जिल्ला इन्चार्ज विबेक कुमालको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनमा नेकपाका बिशेष कमिटी सदस्य प्रयास सुनार,राष्ट्रिय बामपंथी मञ्च नेपालको केन्द्रिय सदस्य मिन प्रसाद पोख्रेल , सहिद तथा वेपत्ता परिवार समाजका जिल्ला कमिटी सदस्य दुर्गा पोख्रेल नेकपा निकट जवस/मोर्चाका केन्द्रीय सदस्यहरुको आतिथ्यमा रहेको छ।
नेकपा उदयपुर जिल्लाको तेस्रो सम्मेलन आयोजक कमिटीका संयोजक लक्ष्मण पौडेयालको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन नेकपा उदयपुर जिल्ला तेस्रो सम्मेलन आयोजक कमिटीका सदस्य अमृत खत्रीले गरेका छ्न।
-अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार