नेकपा मकवानपुरको सेक्रेटरीमा सुर्य अर्याल

२०७९ भाद्र २१ गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको पाँचौं जिल्ला सम्मेलनले सुर्य अर्यालको नेतृत्वमा ४५ सदस्ययीय जिल्ला कमिटी चयन गरेको छ । जसको सदस्यहरुमा राम स्याङ्तान, विवेक घलान, गुणा सिं रुम्बा, ज्योती लामालगायतका रहेका छन् ।
उक्त सम्मेलनमा बोल्दै निवर्तमान जिल्ला सेक्रेटरी राम घलान(वाटर)ले पार्टीले उठाउँदै आएका मुद्दाहरुमा निरन्तर खबरदारी गर्नुपर्ने बताउदै नेकपामा आवद्ध बन्दी रिहाई, राष्ट्रघाती सम्झौताहरुको खारेजी, महासचिब विप्लवबिरुद्ध जारी गरीएको पक्राउ पुर्जी खारेजीको माग लिएर सरकारसँग लडिरहने बताए । उनले मकवानपुरमा आर्थिक अनियमिततामा अग्रपंक्तिमा रहेका हेटौँडा उपमहानगरपालीका र मनहरी गाउँपालीकाको विषयमा पनि खबरदारी गरीने बताउदै बफर जोन क्षेत्रमा जनतामाथि निकुञ्जको दमनको विषयमा पनि जोडदार रुपले आवाज उठाउने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार