अभिनेता पल शाहलाई साढे २ वर्ष जेल , १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना

२०७९ भाद्र २२ गते, बुधबार


काठमाडौ । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ । अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो । शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ । गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिए पनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन् । यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्ति १० लाख रुपैयाँ तिर्नसमेत भनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार