नेपाल कम्युनिस्ट पार्टी धनकुटाको सेक्रेटरीमा ध्रुब थापा

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी धनकुटाको तेस्रो जिल्ला सम्मेलनले ध्रुब थापा सेक्रेटरीसहित १३सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी ,धनकुटा जिल्ला ईन्चार्ज दिपेशको प्रमुख अतिथिमा कार्यक्रम शुरु भएको थियो।
उक्त कार्यक्रममा बोल्दै उनले नेपालका संसदवादी दलहरुले राष्ट्रघाटी एम.सी.सी., एस.पी.पी. सम्झौता तथा कार्यक्रम जबर्जस्त कार्यन्वयन गर्न लागेकोले यसको विरुद्धमा नेकपाले जनता साथमा लिएर सडक आन्दोलन बाट नै यस्तो राष्ट्रघाति परियोजना कुनै पनि हालतमा लागु गर्न नदिने बताए।
नेकपाले सरकारसंग गरेको ३वुँदे सहमतीलाई ईमान्दारीताको साथ पालना गरेता पनि सरकार गैरजिम्वेवार रहेर सहमती कार्यन्वयन गर्नुको साटो उल्टै ललितपुर जिल्ला अदालतवाट पार्टीको नेतृत्व लगाएतका नेताकार्यकर्ताहरु माथी पक्राउ पुर्जी जारी गर्नु भनेको देश र जनताको चाहना विपरित जवरजस्त द्धण्द निम्त्याउन खोजेको आरोप पनि लगाए ।
उनले सरकारले जबर्जस्ति नेकपालाई शान्ति पुर्न ढंगले आफ्नो पार्टीको कार्य दिशालाई जनता सामु लिएर जादा राज्यले गल्त ढंगले हेर्नु त्यो राज्यको गैह्रय जिम्मेवारीपन भएको बताउदै उनले आवश्यक परेमा जनतासंग एक भएर त्यसको जवाफ दिने चेतावनी सरकारलाई दिएको छ्न।
उनले नबनिर्बाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नयाँ नेतृत्वले धनकुटा जिल्लामा भएको र देशमा भएको गल्त रबैयाको विरुद्ध जहिले पनि आवाज उठाउन सकोस र अन्य अत्याचारको विरुद्ध मा भण्डाफोर गर्न सकोस भन्दै सम्पूर्ण निर्बाचित सदस्यहरुलाई पार्टीको निति अनुसार सपथ ग्रहण गराएका थिए।

नेकपा धनकुटा जिल्लाको तेस्रो सम्मेलन आयोजक कमिटीका संयोजक धुर्ब्र थापाको अध्यक्षता र कार्यक्रमको संचालन नेकपा धनकुटा जिल्ला तेस्रो सम्मेलन आयोजक कमिटीका सदस्य रणकुमारले गरेका थिए। -अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु